यशले भने ‘शाहरुख सुपरस्टार हुन् , तर …’

फिल्म । यो महिना डिसेम्बरमा बलिउडका धेरै फिल्म छन् , रिलिजको क्रममा । भारतमा हिन्दी भाषामा रिलिज हुने फिल्मको कमि छैन । केदारनाथ , स्पाइडरम्यान , एकवाम्यान , जिरो , केजीएफ र सिम्बा लगायतका फिल्म डिसेम्बरमा रिलिज हुदैछ । यसैले गर्दा पनि भारतमा फिल्मको प्रतिस्प्रधा चर्किने अनुमान सबैले लगाएका छन् । विशेषगरि डिसेम्बर २१ मा शाहरुख खान अभिनित तथा निर्मित फिल्म जिरो र साउथ इण्डियन फिल्म ‘केजिएफ’ को हिन्दी भर्सन रिलिज हुदैछ ।

यश अभिनित फिल्म ‘केजीएफ’ ट्रेलरको कारण निकै चर्चामा छ भने जिरो बलिउडको बिग रिलिज मध्यको एक हो । यी दुई फिल्मको क्लासलाई लिएर पछिल्लो समय चर्चा बढ्दो छ । शाहरुखकै नजिकका साथी रितेश सिडवानी , फरहान अख्तर र करण जोहरले ‘केजीएफ’ को हिन्दी भर्सनलाई वितरण गर्दैछन । यसै विच हिन्दी भर्सनको सेकेन्ड ट्रेलर लन्चमा यश सहितको टिम बलिउडनगरीमा आएका थिए । जहाँ उनले प्रेस भेटघाट पनि गरे ।

‘शाहरुख सुपरस्टार हुन यसमा दुईमत नै छैन तर विदाको समयमा हामीले हाम्रो मार्केटलाई लक्षित गर्दै फिल्म रिलिज गरिरहेका छौ’ यशले भने ‘हरेक ठुला फिल्मलाई विदाकै डेट चाहिन्छ र हामी हाम्रो फिल्मलाई ५ भाषामा रिलिज गर्दैछौ ।’ उनले आफ्नो फिल्मलाई साउथ इन्डियाको मार्केट हेरेर रिलिज गरिरहेको बताउदै उक्त स्थानमा हिन्दी फिल्मको वर्चस्व नरहेको समेत बताए । यसमा यशसंगै श्रीनिधि शेट्टी , श्रीनिवास , अच्युत कुमार , माल्भिका अविनास लगायतको अभिनय रहेको छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्