गरुड पुराण : कर्मासँग देखिए निश्चल

फिल्म । पछिल्लो समय निश्चल बस्नेत निर्देशन भन्दा पनि अभिनय , फिल्म निर्माण र गायनमै व्यस्त छन् भन्दा फरक नपर्ला । उनले आफै पनि एक अन्तर्वार्तामा आफुलाई फिल्मको कथा चित्त नबुझेसम्म निर्देशनमा हात नहाल्ने बताए । यसैले गर्दा उनि निर्माण , अभिनय लगायतका विधामा सक्रिय छन् । यिनै निश्चल फिल्म गरुड पुराणमा देखिएका छन् ।

निर्माण पक्षले गीत सार्वजनिक गर्दैछ , जसमा निश्चल देखिएका छन् । उनि फिल्ममा पनि छन् या गीतमा मात्र ? यो बारेमा भने निर्माण पक्षले जनाएको छैन । फिल्म निर्माणकै समयमा सरप्राइज रहेको बताएको टिमले निश्चलको अभिनय समेत रहेको गीतलाई विहिवार सार्वजनिक गर्दैछ । ‘म त पिरिममा’ बोलको गीतमा निश्चलसँगै कर्मा , प्रियंका सिंह ठकुरी र अन्जली योन्जन देखिएका छन् ।

गीतमा कोसिश क्षेत्री संगीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोसिस र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्