बलिउड । बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को नयाँ सिरिजको शुटिङ सकिएको छ । केहि समय यता शुटिङकै क्रममा फिल्ममा आएको बदलावका कारण चर्चामा रहेको ‘हाउसफुल ४’ लाई दर्शकले सन् २०१९ को दिपावलीमा हर्न पाउनेछन् । कमेडी सिरिजको दर्शकको मन जित्दै आएको यसलाई फरहाद समजीले निर्देशन गरिरहेका छन् ।
यसमा अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डे लगायत छन् भने नयाँ सदस्यको रुपमा बबी देओल , कृति सानोन , पुजा हेग्डे , कृति खरबांडा , राणा डग्गुवती देखिनेछन । हाउसफुलको पहिलो सिरिज सन् २०१० मा आएको थियो , जसलाई दर्शकले रुचाए । त्यसपछि सन् २०१२ मा हाउसफुल २ र सन् २०१६ मा हाउसफुल ३ रिलिज भईसकेको छ ।
While we have called it a 'wrap’ for #Housefull4, fun never ends..See you all in 2019!@Riteishd @kritisanon @kriti_official @thedeol @hegdepooja @RanaDaggubati @ChunkyThePanday @farhad_samji #SajidNadiadwala @foxstarhindi @NGEMovies @WardaNadiadwala pic.twitter.com/XVBV0uiio1
— Akshay Kumar (@akshaykumar) November 20, 2018