दि ब्रेकअपमा ‘आज हाम्रो भेट भाको दिन’ (भिडियो)

फिल्म । फिल्म ‘ज्वाला’ मा समावेश हिट गीत ‘आज हाम्रो भेट भाको दिन’ लाई फिल्म ‘दि ब्रेकअप’ मा रिमेक गरेको छ । फिल्म युनिटले पहिलो कोसेली स्वरूप नै यसै गीतलाई सार्वजनिक गरेको छ । निकै चर्चित गीतमा बुद्धवीर लामाको शब्द , शिला बहादुर मोक्तानको संगीत तथा उदितनारायण झा र आशा भोस्लेको स्वर रहेको थियो । रिमेकमा यसलाई बिराज गौतम र मेलिना राईले स्वर दिएका छन् भने एरेञ्ज ब्रिजेश श्रेष्ठले गरेका छन् । ‘ज्वाला’मा कम्मर मर्काएका अभिनेता सरोज खनाल यसपटक पनि आफ्नै स्टेपमा देखिएका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा खनालसँगै आशिरमान डिएस जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन् । हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् । योफिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका छन् । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीनै लेखेका हुन् । सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्म ‘दि ब्रेकअप’ आगामी पौष २७ मा रिलिज हुदैछ ।
कमेन्ट गर्नुहोस्