कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा खनालसँगै आशिरमान डिएस जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन् । हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् । योफिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका छन् । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीनै लेखेका हुन् । सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्म ‘दि ब्रेकअप’ आगामी पौष २७ मा रिलिज हुदैछ ।
कमेन्ट गर्नुहोस्







