फ्ल्यास मोब शैलीमा ‘खुदाखुद्री’ सार्वजनिक हुँदै

जयहोस् । अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिकामा अभिनय गरेको फिल्म ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक हुने भएको छ । पहिलो गीतलाई निर्माण युनिटले फ्ल्यास मोब शैलीमा सार्वजनिक गर्ने भएको छ । भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ । ‘खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा यहिँ कार्तिक १५ गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा दिनको ३ बजेको समयमा रिलिज गरिन लागेको हो । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा झन्डै १८ लाख खर्च भएको निर्माण पक्षले बताएको छ । यसगीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् र यसलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसाल फिचर्ड छन् । विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्