कस्तो छ सैफको ‘बजार’ ?

जयहोस् । बलिउड अभिनेता सैफ अलि खान अभिनित फिल्म ‘बजार’ रिलिज भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई प्रारम्भिक रिभ्यु भने राम्रो प्राप्त भएका छन् । शेयर मार्केटमा आधारित फिल्मलाई बलिउडका समिक्षकले ५ मा ३ रेटिङ गरेका छन् । विज्ञापन मेकिङमा नाम कमाएका गौरव चावलाले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका छन् । केहि समयको ग्यापमा सैफ पनि एक्सन अवतारमा प्रस्तुत भएका छन् । ४० करोडको बजेटमा निर्माण भएको फिल्म झन्डै २ घण्टा १७ मिनेट लामो छ । फिल्ममा सैफसँगै राधिका आप्टे , चित्रांगदा सिंह , रोहण मेहरा , सौरभ शुक्ला , डेन्जिल स्मिथ , एलि अब्राम लगायतको अभिनय रहेको छ । कथा फिल्ममा सैफ अलि खान उद्योगपतिको भूमिकामा छन् । उनले शकुन कोठारीको भूमिका निर्वाह गरेका छन् भने उनकी श्रीमती हुन्छिन चित्रांगदा जसले मंदिरा कोठारीको भूमिका निर्वाह गरेकी छिन । अलग काम गर्ने शैली भएकै कारण शकुन शेयरबजारका ‘किङ’मानिन्छन । तर शकुनलाई असफल बनाउन रोहण अर्थात् रिजवान अहमदको इन्ट्री हुन्छ जसलाई राधिका आप्टे अर्थात् प्रियाले सघाउछिन । रिजवान किन शकुनलाई असफल बनाउन चाहन्छन र यी दुई बीचको रामोंचक प्रतिस्पर्धाको लागि भने फिल्म नै हेर्नु पर्ने हुन्छ । फिल्म हेर्ने कि नहेर्ने ? यदि तपाइँ सैफअलिको फ्यान हुनुन्छ भने यो फिल्म तपाइको लागि खास हुन् सक्छ । किनकी केहि समयको अन्तरालमा सैफ थ्रिल फिल्ममा देखिएका छन् । खासगरि रेस ३ मा सैफलाई मिस गरिरहेका फ्यानको लागि यो फिल्म खास छ । फिल्ममा सैफ दमदार भूमिकामा छन् । शेयर मार्केट नबुझ्ने दर्शकले पनि फिल्मलाई सहजै बुझ्न सक्ने गरि निर्देशक गौरवले बनाएका छन् । थ्रिल र सस्पेन्स मन पर्ने दर्शकलाई फिल्मले निराश नबनाउन सक्छ । तर फिल्मको सेकेन्ड हाफ भने केहि स्लो छ । साथै फिल्मको गीतसंगीतले पनि सफलता हात पार्न सकेन । (एजेन्सी सहयोगमा )
कमेन्ट गर्नुहोस्