‘इण्डियन आइडल’बाट अनु आउट

जयहोस् । बलिउडमा यतिबेला #meetoo मुभमेन्टनै चलिरहेको छ । पछिल्लो समय आफुलाई परेको एभ्युजको पर्दाफास गर्ने क्रममा यस ‘मिटू’ अभियानले अग्रता लिईरहेको छ । बलिउड एक्ट्रेस तनुश्री दत्तले अगाडी आएर यसबारे बोलेपछि यतिबेला बलिउडमा लहर नै चलेको छ भन्दा फरक नपर्ला । यसैक्रममा पछिल्लो समय निर्देशक साजिद खानको नाम आएसँगै उनले आफ्नो हिट फिल्म ‘हाउसफुल’ को चौथो सिरिजबाट हात झिक्नु परेको थियो । उनले यौनजन्य दुर्व्यवहार गरेको भन्दै केहि एक्ट्रेस तथा मोडलले ‘मिटू’ ह्यासट्याग गर्दै उल्लेख गरेका थिए । यसैक्रममा धेरै ब्यक्तिको नाम अगाडी आइरहेको छ । सेलिब्रेटीहरु नाम आएसँगै त्यसलाई पुष्टि पनि गरिरहेका छन् । यसैक्रममा साजिद झैँ ‘मिटू’ मा मुछिएका गायक तथा संगीतकार अनु मल्लिकले पनि शो छाड्नु परेको छ । सोनी टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो ‘इण्डियन आइडल’ मा निर्णायक भूमिका निर्वाह गरिरहेका अनुलाई च्यानलले केहि समयको लागि भन्दै शो बाट हटाएको छ । अर्थात् नयाँ एपिसोडमा अनु देखा परेका छैनन् । गायिकाहरु सोना महापात्रा र श्वेता पण्डितले अनु माथि सेक्सुअल ह्यारसमेन्टको आरोप लगाएका थिए । इण्डियन आइडलमा विशाल डडलानी र नेहा ककड़ पनि निर्णायक छन् । आउदा शो मा यी दूई मात्र देखिनेछन ।
कमेन्ट गर्नुहोस्