उनले कार्तिक ३० बाट प्रदर्शनमा आउने फिल्मले समाजकै घटनालाई चित्रण गर्ने समेत जनाए । ‘कथा सामाजिक नै हो , प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस छ’ भट्टराईले फिल्मलाई दर्शकले रुचाउने बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।
कमेन्ट गर्नुहोस्







