सलमानको फिल्ममा वरुणको केमियो

जयहोस् । बलिउडका स्टार सलमान खानले धेरैको फिल्ममा केमियो गरेका छन् । उनि अन्तर्वार्ताको क्रममा आफ्नो उपस्थितिले कसैलाई फाईदा पुग्छ भने आफु सघाउन तयार रहेको बताउने गर्छन । यिनै सलमानको निर्माणाधीन फिल्म ‘भारत’ मा वरुण धवनले केमियो गरेका छन् । केहि समय अगाडी सलमानकै हिट फिल्म ‘जुड्वा’ को सिक्वेलमा वरुण देखिएका थिए । उक्त फिल्ममा सलमानले केमियो गरेका थिए । सायद , यसैले गर्दा सलमानको टिमको आग्रहलाई वरुणले नकार्न सकेनन र रिलिज भईरहेको फिल्म ‘सुई धागा’ को प्रोमोसनले छोट्याउदै केमियो गर्न पुगे । उनले फिल्मको शुटिङ अबुधाबीमा गरेका हुन् । सुल्तान र टाइगर जिन्दा है निर्देशन पश्चात स्थापित बनेका अलि अब्बास जफर यसफिल्म मार्फत सफलतामा ह्याट्रिक गर्ने सोचाईमा छन् । फिल्ममा कट्रिना कैफ , तब्बु , दिशा पटानी , ज्याकी श्रोफ , सुनिल ग्रोवर लगायतको अभिनय रहेको छ । योफिल्म कोरियन फिल्म ‘ओड टू माय फादर’ को रिमेक हो ।
कमेन्ट गर्नुहोस्