‘मालती मंगले’को टिजरलाई दर्शकले के भने ?

फिल्म । नेपाली फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस फिल्मको टिजरले ग्रामीण परिवेशमा आधारित मार्मिक प्रेमकथाको झल्को दिएको छ ।

सार्वजनिक टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रा देखाइएको छ । प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो ।

फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंको रहेको छ । यसअघि फिल्मका दुई गीत ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन् । निर्माता ढकालका अनुसार यो फिल्म राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटकमा आधारित नभई समकालीन समाजको परिवेशमा आधारित फरक शैलीको सांगीतिक प्रेमकथा हो ।

फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्