‘यानीमाया’को फस्टलुकमा पलसँग अञ्जना

फिल्म । अभिनेता पल शाह अब निर्माणमा पनि अघि बढेका छन् । उनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमाया: रिदम अफ लभ’ को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा पल शाह र नव नायिका अञ्जना मगरको प्रेमिलो जोडी प्रस्तुत गरिएको छ । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् ।

निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी जेठ १ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । पल र अञ्जनाले यसअघि म्युजिक भिडियोमा सहकार्य गरिसकेका छन् । फिल्मको निर्देशन ओम प्रतिकले गर्दैछन् । यसअघि उनले निर्देशन गरेको ‘मोहर’ मा पनि पल शाह मुख्य भूमिकामा रहेका थिए, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

‘यानीमाया’ लाई ‘प्रेमको धुन’ का रूपमा प्रस्तुत गरिने जनाइएको छ, जसबाट फिल्म प्रेमकथामा आधारित रहेको संकेत मिल्छ । फिल्ममा पल शाहसँगै चन्द्र ज्योति आलेको लगानी रहनेछ ।

कमेन्ट गर्नुहोस्