सकारात्मक समीक्षा पाएको ‘रमिताको पिरती’ बक्सअफिसमा कमजोर

फिल्म । चलचित्र विकास बोर्डले हाल हलमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ प्रणालीले फागुन ९ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरणअनुसार गत माघ २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘रमिताको पिरती’ ले हालसम्म २५ लाख ५५ हजार ८३ रुपैयाँ कारोबार गरेको छ। सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त फिल्मका लागि कुल ७ हजार ८०३ टिकट बिक्री भएका छन्।

आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ र समिर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको फिल्मले दर्शक समीक्षा राम्रो पाए पनि व्यापार भने अपेक्षाअनुसार गर्न सकेको छैन । माघ २३ गते प्रदर्शन भएका दुवै फिल्मको व्यापार निकै न्यून रहेको देखिएको छ ।

कमेन्ट गर्नुहोस्