फिल्म । गएको दसैँमा प्रदर्शन भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण टिमले नयाँ फिल्म ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ । एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो फिल्मका रूपमा ‘श्रीनिवास’ को औपचारिक निर्माण घोषणा गरेको हो । फिल्ममा हरिवंश आचार्य र अविषेक खड्का मुख्य भूमिकामा रहनेछन् ।
सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा बन्ने फिल्मलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन् । यसअघि उनीहरूले फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई संयुक्त रुपमा निर्देशन गरेका थिए । फिल्म ‘श्रीनिवास’ को लेखन अभिमन्यु निरावीले गर्नेछन् । अन्य कलाकार तथा प्राविधिक पक्षबारे जानकारी क्रमशः सार्वजनिक गर्ने तयारी निर्माण टिमले गरेको छ।
कमेन्ट गर्नुहोस्










