फिल्म । अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे अभिनीत फिल्म ‘तू मेरी मै तेरा मै तेरा तू मेरी’ बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ । क्रिसमसको अवसर पारेर गएको डिसेम्बर २५ देखि प्रदर्शनमा आएको उक्त फिल्मले अपेक्षित कमाइ गर्न सकेको छैन । रोमान्टिक कमेडी विधामा बनेको फिल्मप्रति दर्शकको प्रतिक्रिया प्रारम्भिक दिनदेखि नै औसत रहेकाले यसको असर बक्सअफिसमा स्पष्ट देखिएको हो ।
चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार उक्त फिल्मको कुल ९ हजार ७१८ टिकट बिक्री भएका छन् । उक्त फिल्मले गएको पुस २६ गतेसम्म कुल ३५ लाख ४४ हजार १५३ रुपैयाँ आम्दानी गरेको छ ।
विश्लेषकहरूका अनुसार कमजोर ‘वर्ड अफ माउथ’ र अन्य ठूला फिल्मसँगको कडा प्रतिस्पर्धाका कारण ‘तू मेरी मै तेरा मै तेरा तू मेरी’ ले बक्स अफिसमा अपेक्षित गति लिन सकेको छैन । समीर विद्वांस निर्देशनमा बनेको यस फिल्मका निर्माता करण जोहर हुन् ।










