जेठ ३ मा ‘वीर विक्रम २’ एक्लै

फिल्म । अन्तत फिल्म ‘वीर विक्रम २’ जेठ ३ मा एकल रिलिज हुने भएको छ । यहि मितिमा मोफसल वितरण कम्पनि एफडीको दुइ फिल्म भएपछी ‘प्रेम दिवस’ को रिलिज डेट सार्दै ‘वीर विक्रम २’ एकल रिलिज हुने भएको हो । एफडीका एमडी सुशील पोखरेलले फेसबुकमा पोष्ट गरिएको स्टाटस मार्फत रिलिजको जानकारी दिएका छन् ।

उनको अनुसार जेठमा ३ मा वीर विकरा २ र जेठ १७ मा प्रेम दिवस रिलिज हुनेछ । एकै मितिमा रिलिज हुने घोषणा दुइ फिल्मले गरेपछि एफडीले रिलिज सेड्युल मिलाएको हो । आपसी सहमतिमा झन्डै दुइ हप्ताको फरकमा फिल्म रिलिज हुने भएपछी ‘वीर विक्रम २’ का निर्देशक तथा निर्माता मिलन चाम्सले धन्यवाद दिएका छन् । हाम्रो छलफलपछी हामी दुबैलाई फाईदा हुने निष्कर्ष आयो र हामी सहमत भयौ’ उनले भने ‘योगेशजी र टिमलाई शुभकामना साथै हार्दिकताको लागि धन्यवाद ।’

फिल्ममा पल शाह , वर्षा सिवाकोटी र नाजिर हुसेन पनि लिड रोलमा छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । यसमा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् ।

Facebook Comments