छिरिङले जितिन् ‘नेपाल नेशन्स अवार्ड २०२५’मा दुई अवार्ड

सौन्दर्य । नेपाली कला, नृत्य र साहसिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएकी कलाकार छिरिङ शेर्पाले राजधानीमा सम्पन्न ‘नेपाल नेशन्स अवार्ड २०२५’ मा दुई विधामा अवार्ड जितेकी छन् । शेर्पाले शेर्पा मातृभाषाको गीत ‘स्यारखुम्बुकी साम्दिनी’ बाट ‘बेस्ट मोडल फिमेल मदर ल्याङ्वेज सङ’ अवार्ड प्राप्त गरिन् भने शेर्पा भाषाकै फिल्म ‘टिनछेन फामा’ बाट ‘बेस्ट एक्ट्रिस’ अवार्ड हात पारेकी हुन्।

मन खुसी फाउन्डेसन बागमती प्रदेश तथा करण ड्रिम्स फाउन्डेसन केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

छिरिङ शेर्पा ‘डान्सिङ विथ द स्टार्स नेपाल २०२२’ की विजेता हुन्। उनले सन् २०२२ मै कालापत्थरमा आयोजित ‘हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड पेयर’ विधामा गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरेकी थिइन्। उनी सगरमाथा आरोही, मोडल, अभिनेत्री तथा इभेन्ट अर्गनाइजरका रूपमा पनि सक्रिय छिन्।

कमेन्ट गर्नुहोस्