‘प्यारी छोरी’ सार्वजनिक

सङ्गीत। नायक तथा मोडल पुष्पल खड्काले अभिनय गरेको म्युजिक भिडियो ‘प्यारी छोरी’ सार्वजनिक गरिएको छ । उक्त गीतका गीतकार तथा भिडियोका कथाकार पनि मोहन बान्तवा नै हुन् । गीतमा मोहन राईको संगीत, राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको छ ।

बाबु र छोरीबीचको प्रगाढ मायालाई केन्द्रमा राखिएको गीतमा गायक राजेश पायल राई र सुमाम्सा बान्तवाले स्वर दिएका छन् । सुमाम्साले गीतमा स्वर मात्र नभई अभिनय पनि गरेकी छन् । भिडियोमा पुष्पल खड्का र सुमाम्सा बान्तवा बाबु–छोरीको भूमिकामा देखिएका छन् ।

कमेन्ट गर्नुहोस्