सङ्गीत । अभिनेता पल शाह र अनिता गिरी अभिनित गीत ‘मर्छु हजुर’ को भिडियो सार्वजनिक गरिएको छ । सुनील दवाडी प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा पल र अनिताको जोडीलाई प्रेमिल अवतारमा देख्न सकिन्छ । एकअर्काबीचको गहिरो प्रेममा गढिएका युवायुवतीको कथालाई केन्द्रमा राखेर भिडियो निर्माण गरिएको छ । भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन् ।
गीतमा गायक ध्रुव बिक र गायिका मनिषा सुनारको स्वर रहेको छ । शब्द तथा संगीत ज्ञानेन्द्र गिरीको रहेको गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन् ।
कमेन्ट गर्नुहोस्









