फिल्म । अभिनेता नीर शाह अभिनीत फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरैको व्यापार गरेको छ । पछिल्लो शनिबार मंसिर १३ गतेसम्मको तथ्याङ्कअनुसार फिल्मले सिनेप्लेक्स बक्सअफिसबाट जम्मा १६ करोड १६ लाख ७७ हजार ५५८ रुपैयाँ (नेरु) ग्रस आम्दानी गर्न सफल भएको छ ।
सोही अवधिभित्र फिल्मले देशभर ५ लाख ६९ हजार ७ सय ५४ वटा टिकट बिक्री गरेको छ । दीपक आचार्य ‘काकु’ निर्देशित यो फिल्म गत कात्तिक १४ गते प्रदर्शनमा आएको थियो । प्रदर्शनको छोटो अवधिमै यो फिल्म २०८२ सालमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बन्न सफल भएको छ ।
कमेन्ट गर्नुहोस्








