दोहोरो प्रेममा प्रियंका (प्रेम दिवस ट्रेलर)

फिल्म । रियल लाइफ जोडी प्रियंका कार्की र आयुष्मान डिएस जोशी अभिनित फिल्म ‘प्रेमदिवस’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रियंका आयुष्मानसँगै डेब्यु ब्वाई विशाल खरेलको मायामा देखिएकी छिन् । प्रेम, विछोड र रोदनले भरिएको ट्रेलरलाई प्रेममय बनाइएको छ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढावमा केन्द्रिय यसफिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

म्यूजिकल लभस्टोरीले दर्शकको मन छुनेमा निर्देशक घिमिरे विश्वस्त छन् । ‘हामीले एउटा सरल र मन छुने प्रेम कथालाई दर्शकसामु लाने प्रयास गर्दैछौ’ उनले भने ‘यस पटक आफुलाई अझै परिपक्क बनाउने कोसिस गरेको छु ।’यसमामा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ ।

रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

Facebook Comments