भाइवरमा ‘दाल भात तरकारी’ स्टिकर

फिल्म । पछिल्लो समय फिल्मकर्मीले प्रचारशैलीलाई फरक रुपमा अपनाउन थालेका छन् । यो डिजिटल युगमा आफ्नो फिल्म प्रति दर्शक आकर्षित गर्न फिल्मकर्मी तत्पर हुन्छन् । यसै क्रममा फिल्म ‘दाल भात तरकारी’ युनिटले भाइवरसँग सहकार्य गर्दै स्टिकर बाहिर ल्याएको छ । फिल्मका पात्र अंकित स्टिकरलाई भाइवरमा डाउनलोड गर्न सकिन्छ भने च्याटमा प्रयोग गर्न सकिन्छ । यो एप्स मार्फत एक अर्कासँग फोन कल वा भिडियो कल गर्न सकिन्छ । ‘हामी प्रचारप्रसारमा केहि फरक शैली अपनाउन चाहन्छौ , त्यसै अनुरुप टिमको सल्लाह अनुसार भाइवरमा पनि स्टिकर ल्याएका हौ’ प्रस्तुतकर्ता किरण केसीले बताए ।

मह सञ्चारको ब्यानरमा निर्मित यसै फिल्म मार्फत सुदन केसी निर्देशनमा डेब्यु गर्दैछन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , नीरुता सिंह , पुष्प खड्का , आँचल शर्मा , शिवहरी पौडेल , बसुन्धरा भुषाल , विल्सन विक्रम राई , वर्षा राउत , राजाराम पौडेल , प्रियंका कार्की , रविन तामाङ लगायत मुख्य भूमिकामा छन् । फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । फिल्म आउँदो वैशाख २० मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्