अनमोल भन्छन् ‘ट्रेलर मन परेको छ भने फिल्मले निराश बनाउदैन’

733 Shares

फिल्म । गत साता सार्वजनिक ‘आप्पा’ फिल्मको ट्रेलरले विस्तारै दर्शकको मन जितिरहेको छ । बुवा छोराको कथामा निर्मित फिल्मले दर्शक पोजेटिभ रेस्पोन्स युट्युबमा पाएको छ । फिल्ममा आप्पाको रोल अभिनेता दयाहाङ राईले निर्वाह गरेका छन् भने उनका छोराको भूमिकामा डेब्यु ब्वाई सिद्धान्तराज तामाङ छन् । यसमा बाबु छोराको माया र पुस्तान्तरणले ल्याउने समस्यालाई देखाइएको छ । अनमोल गुरुङको डेब्यु निर्देशन रहेको फिल्म माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो ।

निर्देशक गुरुङले ट्रेलर मार्फत नै फिल्मको कथालाई प्रस्ट्याउन सफल भएका छन् । ड्राइभर रहेका दया यात्राकै क्रममा एउटा दुर्घटनामा पर्छन् , त्यसपछि उनको जीवन परिवर्तन हुन्छ । फिल्ममा कमेडीसँगै पछिल्लो पुस्तामा देखिने समस्यालाई चित्रण गरिएको निर्देशक गुरुङ बताउछन् । ‘फिल्म पूर्ण रुपमा मनोरन्जनात्मक छ , यसले दर्शकलाई निराश बनाउदैन’ निर्देशक गुरुङले भने । उनले आफुलाई कलात्मक निर्देशकको रुपमा नबुझ्न समेत आग्रह गरे । ‘मैले फिल्मी शैलीमै ट्रेलर बनाए फिल्म पनि यस्तै छ , यसलाई कलात्मकताको नजरले नहेर्नु होला र ट्रेलर मन परेको छ भने फिल्मले मन जित्छ’ उनले भने ।

फिल्ममा दयासँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । दर्पण छायाँ निर्देशक तुलसीले फिल्म राम्रो बनेको बताए । ‘यसमा कलाकारको रुपमा अभिनय गर्न पाए’ उनले भने ‘नयाँ पुस्तासँग अपडेट हुन् पाए यसमा म पिताको भूमिकामा छु ।’ उनले फिल्मले एउटा सरल तर मिठो कथा बोल्ने बताए ।

निर्देशक अनमोलले नै लेखेको फिल्मको कन्सेप्टलाई पर्दामा उतार्न उनलाई सहज थिएन । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् । ट्रेलरलाई सुरेन्द्र पौडेलले तयार गरेका हुन् । असार १३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई उपत्यकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

Facebook Comments