सौन्दर्य । सामरी इन्टरनेसनलले एमकेएम फेसन हाउससँग सहकार्य गरी राजधानीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ मा ‘मिस’ तर्फ अधिका कुमारी थापा मगर र ‘मिसेस’ तर्फ चन्दु बलामी शीर्ष विजेता बनेका छन् । दुवैले ताजसहित नगद र उपहार प्राप्त गरे।‘मिस’ तर्फ प्रेक्षा श्रेष्ठ फस्ट रनरअप बन्दा ‘मिसेस’ तर्फ सरु कार्की फस्ट रनरअप र डा. मिना प्रधान सेकेन्ड रनरअप भए ।
विधागत पुरस्कारमा रञ्जु कार्कीले ‘पब्लिक च्वाइस’, युनिसा राईले ‘भ्युअर्स च्वाइस’ र सानु थापाले ‘म्यानेजमेन्ट च्वाइस’ प्राप्त गरे।प्रतियोगिताको निर्णायक मण्डलमा सेफ गोविन्द नरसिंह केसी, समाजसेवी तथा व्यवसायी सोनिया चाम्लिङ राई, गायक तथा र्यापर निर्णय श्रेष्ठ (एनएसके), र्यापर तथा राजनीतिज्ञ सिड वाग्ले र समाजसेवी दिलसागर वाग्ले थिए ।
विजेता र उपविजेतालाई पूर्वसांसद छिरिङ ल्हामु लामा (तामाङ), एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवर र सेफ एसोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले पुरस्कार प्रदान गरे।सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले महिलाको सौन्दर्य र प्रतिभा उजागर गरी सशक्तिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।










