संविधानभित्रै समाधान खोज्न गगनको आग्रह

देश । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिको समाधान संविधानको दायराभित्रै खोज्नुपर्ने बताएका छन् । संविधानभन्दा बाहिर गएर समाधान खोजिए केही समयपछि नियन्त्रण गर्न नसकिने अवस्था आउने उनको भनाइ छ । आज भिडियो संदेशमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै थापाले जेनजी पुस्तालाई संविधानको निरन्तरताप्रति सचेत रहन आग्रह गरे । उनले लामो संघर्षपछि प्राप्त संविधान जोगाउँदै त्यसभित्र आवश्यक परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

थापाले सरकार निर्माणमा सहभागी हुन, आन्दोलनका क्रममा भएका हत्या र विध्वंशकारी प्रदर्शनको छानबिन गरी दोषीमाथि कारबाही गर्न, बलियो कानुन बनाएर २०४६ यता सार्वजनिक ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरे । दोस्रो दिनको विध्वंशकारी प्रदर्शनमा जेनजीको संलग्नता नरहेको स्पष्ट पार्दै उनले कतिपय नयाँ र पुराना अनुहारहरूको संलग्नता रहेको बताए ।

कमेन्ट गर्नुहोस्