‘माग्ने राजा’ ले बक्स अफिसमा कस्तो कमाइ गरिरहेको छ ?

फिल्म । केदार घिमिरे अभिनीत फिल्म ‘माग्ने राजा’ले बक्स अफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ । ‘माग्ने बुढा’का रूपमा चर्चित कलाकार घिमिरेको पहिलो प्रमुख भूमिका रहेको यो फिल्म उनको ‘स्टारडम’को परीक्षामा सफल भएका छन् ।

ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्मले १२ औँ दिनसम्म ४ करोड ९ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । तीजको अवसर र पहिलो सप्ताहन्तमा फिल्मले उत्कृष्ट व्यापार गरेको थियो । मुनाल घिमिरेद्वारा निर्मित यो फिल्ममा केदारले धनी बन्ने सपना बोकेको पात्रको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राईलगायतका कलाकार छन् । फिल्ममा मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन र सुजिल कर्माचार्यको पाश्र्व संगीत छ । सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको छ ।

कमेन्ट गर्नुहोस्