‘मिस नेपाल २०२५’ बनिन् लुना लुइँटेल

सौन्दर्य । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिम प्रतिस्पर्धामा २५ अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै २६ वर्षीया लुइँटेल विजेता घोषित भएकी हुन् ।

उनलाई पूर्व मिस नेपाल आस्माकुमारी केसीले ताज पहिर्‍याइन् । प्रतियोगितामा दीपशिखा नेपालले ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारीले ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता र सोनी घलेले ‘मिस नेपाल अर्थ २०२५’ को ताजसहित तेस्रो उपविजेता बनेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले नेपालका विभिन्न सहरमा आयोजित अडिसनमार्फत २६ जना प्रतिस्पर्धी छनोट गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्