किन प्रतिक्षित बन्दैछ ‘वार २’ ?

फिल्म । यशराज फिल्म्स (वाईआरएफ) को फिल्म ‘वार २’ भारतसँगै नेपालमा पनि ग्राण्ड रिलिज हुने भएको छ । फिल्मलाई नेपाल भित्र्याएको वितरण कम्पनी आरआर फिल्म्सले भारत झैँ नेपालमा पनि ठूलो रिलिज हुने जानकारी दिएको छ । ‘वार’ को व्यापारका कारण पनि यो स्पाई युनिभर्सको फिल्म ‘वार २’ प्रतिक्षित बनिरहेको छ ।

बलिउडका ऋतिक रोशन र साउथ इन्डियन फिल्मका हिरो जुनियर एन्टीआर भएकै कारण यो भारत भर प्रतिक्षित फिल्म बनेको छ । ऋतिक रोशनले मेजर कबीर धालीवालको भूमिका फेरि निर्वाह गरेका छन् भने जुनियर एनटीआरले उनको बलिउड डेब्यूमा खलनायकको भूमिका निभाएका छन् । कियारा एडवाणीको बिकिनी अवतारले ट्रेलरमा थप ग्ल्यामर थपेको छ । अयान मुखर्जीको निर्देशनमा तयार भएको उक्त फिल्म वाईआरएफको ‘स्पाई युनिभर्स’ को छैटौं कडी हो, जसमा ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’ र ‘टाइगर ३’ समावेश छन् ।

‘वार २’ मा झन्डै १० मिनेट पोस्ट क्रेडिट दृश्य हुने चर्चा छ, अर्थात् यो फिल्मले ‘स्पाई युनिभर्स’ को अर्को कडी ‘अल्फा’ को लागि पनि आधार तय गर्ने छ । विशेषत ‘वार २’ मा अनिल कपूर, बबी देओल, आलिया भट्ट, सरवरी वाग लगायतका कलाकारको केमियो हुने चर्चा छ । यो फिल्म स्पेन, इटाली, अबुधाबी, जापान, रुस र भारतमा १ सय ५० दिनको छायांकन अवधिमा खिचिएको छ । आगामी फिल्म ‘अल्फा’ यो वर्ष क्रिसमसमा रिलिज हुने तालिका छ ।

कमेन्ट गर्नुहोस्