मण्डलामा नियमित मञ्चनमा ‘मञ्जिरा’

रंगमञ्च । केही वर्षको अन्तरालमा नेपाली रंगमञ्चमा फर्किएका अभिनेता सरोज खनालद्वारा अभिनित नाटक ‘मञ्जिरा’ थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । गत जेठ १५ गतेदेखि मञ्चन सुरू गरिएको नाटकमा अभिनेता खनालसँगै अभिनेत्री सरिता गिरी, सरस्वती चौधरी, सुशाङ्क मैनाली र अनुप न्यौपानेको अभिनय रहेको छ ।

सोमनाथ खनालको निर्देशन रहेको नाटक राजनीतिक र सामाजिक कथावस्तुमा आधारित छ । अन्याय सहेर बस्नुपनि अन्याय रहेको यो नाटकको सन्देश छ । करिब ३० वटा नाटकमा अभिनय गरिसकेपछि फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता खनालले २०७३ सालपछि यस वर्ष नाटकमा पुनरागमन गरेका हुन् । आफ्नो जन्मभूमिलाई बिर्सन नसकेर फिल्म छोडेर नाटकमा काम गरेको उनले सुनाए ।

‘विगतमा नाटक छोडेर फिल्ममा काम गरेँ । अहिले फिल्म छोडेर नाटक गर्न गरिरगेको छु । एकदम खुसी छु’, नाटकसँग जोडिन पाउँदाको खुसी व्यक्त गर्दै उनले भने । फिल्ममा सधैँ चरित्रकै लागि भौँतारिरहनु परेकोले आगामी दिनमा अवसर मिलेसम्म नाटकलाई नै निरन्तरता दिने सोचमा रहेको उनले बताए । नाटक असार ८ गतेसम्म मञ्चन हुने मण्डलाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्