लेडी गागाको नि:शुल्क कन्सर्टले रियो शहरलाई १०० मिलियन डलरको आम्दानी

सङ्गीत । विश्वप्रसिद्ध पपस्टार लेडी गागाले गत शनिबार ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक कोपाकाबाना बीचमा नि:शुल्क कन्सर्ट आयोजना गरिन्, जुन उनको करिअरकै सबैभन्दा ठूलो कन्सर्ट बनेको छ । शहर प्रशासनका अनुसार उक्त कन्सर्टमा २० लाखभन्दा बढी दर्शक उपस्थित थिए । कार्यक्रमको सम्पूर्ण खर्च स्थानीय सरकारले व्यहोरेको थियो, जसको उद्देश्य रियोको पर्यटन र स्थानीय अर्थतन्त्रलाई टेको दिने रहेको छ ।

शहरका अधिकारीहरूका अनुसार उक्त कन्सर्टबाट रियोले लगभग १०० मिलियन अमेरिकी डलरको आम्दानी गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य सेवाक्षेत्रमा उल्लेखनीय आर्थिक प्रभाव पार्ने विश्वास गरिएको छ । गागाले उक्त कन्सर्ट आफ्नो नयाँ एल्बम ‘मेहमे’ को प्रचारका लागि आयोजना गरेकी हुन् । उनले ब्राजिलमा यसअघि सन् २०१२ मा प्रस्तुति दिएकी थिइन् ।

गागा यसरी रियोमा नि:शुल्क कन्सर्ट दिने पहिलो कलाकार भने होइनन् । यसअघि मे २०२४ मा गायिका म्याडोनाले पनि यस्तै कन्सर्ट गरेर दर्शकहरूलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्