फिल्म । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले नेपाली फिल्महरूलाई लिएर फिल्म फेस्टिभल गर्ने भएको छ । उक्त समूहले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ आयोजना गर्न लागेको हो ।
आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेको लिस्टहरु सार्वजनिक गरेको छ। फेस्टिभलमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट ३ जना नोमिनेसनमा परेका छन् । सोही फिल्मबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्समा अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन् ।
त्यस्तै ड्रामा विधामार्फत फिल्म ‘तेल भिसा’बाट अभिनेता विपिन कार्की छनोट भएका छन् भने अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा नोमिनेसनमा परेकी छन् । ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेका छन् यसै फिल्ममार्फत ड्रामा विधामा उत्कृष्ट फिल्मको नोमिनेसनमा परेको छ । फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन् ।
युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाईले फेस्टिभलको बारेमा जानकारी दिदै भने,‘नेपाली फिल्मको बजारलाई अझ बिस्तार गर्नका लागि यो फेस्टिभलको आयोजना गरिएको हो। यसले नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरमा पुर्याउन सघाउन पुर्याउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ।’
यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन ( मुख्य थिएटर आओइ), नागोयामा गरिने छ ।










