फिल्म । नेपाली फिल्म ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल) को निर्माण रहने उक्त फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । क्राइम थ्रिलर विधामा निर्माण हुने फिल्मलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । उनले यसअगाडि ‘समर लभ’, ‘मारूनी’, ‘राजा रानी’, ‘सेतो बाघ’ लागायत फिल्ममा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।
सुस्मिता फिल्मसको प्रस्तुति रहने यस फिल्मको कथा गोविन्द मल्लले लेखेका छन् । यसमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ । सह-निर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन् ।
कमेन्ट गर्नुहोस्









