फिल्म । विपिन कार्कीको अभिनय रहेको फिल्म ‘कर्मा’ का लागि पछिल्लो समय युवापुस्ता माँझ चर्चित दुई गायक सुशान्त केसी र दुर्गेश थापाले गीतमा स्वर भरेका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मलाई यी दुईको स्वरले युवापुस्तासम्म लान मदत गर्ने अपेक्षा गरिएको छ । निर्माण टिमले सुशान्तको गीत पहिले र त्यसपछि दुर्गेशको गीत सार्वजनिक गर्दैछ ।
दुर्गेशको गीत आइतबार मात्र छायांकन गरेका हुन् । उक्त गीतमा कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । यसको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।
कमेन्ट गर्नुहोस्









