दर्शकको रोजाईमा ‘फेरि रेशम फिलिली’

फिल्म । गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन राम्रो अकुपेन्सी पाएको थियो । दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै यसका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

दर्शक प्रतिक्रिया पश्चात मिडियासँग कुरा गर्दै फिल्म निर्देशक निरोज महर्जनले फिल्मलाई एकदम पोजेटिभ रेस्पोन्स मिल्नुका साथै सवैको राम्रो साथ पाइरहेको बताए । ‘आफुले सिनेमा जे सोचेर बनाएको थिए । त्यसमा दर्शक तथा समीक्षकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले हौसला मिलेको छ,’ निर्देशक निरोज महर्जन भने ।

अभिनेता विनय श्रेष्ठले फिल्मले मज्जाले दर्शकलाई फिलिली बनाएको दर्शक पनि बढिरहेको बताए । सुरुवाती दुई दिन वार्मअप भएको भन्दै आज शुक्रबार अनि भोली शनिबार दर्शकको राम्रो साथ मिल्ने विश्वास उनको छ । विकेन्डमा फिल्मले दर्शकको फिलिली हुने गरी साथ पाउने उनको दाबी छ ।

यसका अर्का अभिनेता हरिया अर्थात् कामेश्वर चौरासियाले बुधबार र बिहीबार जति दर्शकले सिनेमा हेर्नु भयो राम्रो भन्नु भएकाले दर्शकहरु विभिन्न कारणले हलमा पुग्न नसकेको हुन सक्ने भन्दै विस्तारै बढ्दै जाने बताए । धेरै दर्शक हल आउन खोज्दै हुनुहुन्छ होला, केही आइसक्नु भयो होला । केही दर्शकले वर्डअफ माउथको प्रतिक्रिया बुझ्दै हुनुहुन्छ होला ।

अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन् । आफ्नो अघिल्ला सिनेमाको तुलनामा यो फिल्ममा आफ्नो अभिनय धेरै सुुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ । समग्र फिल्मलाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेरहेको छ । विस्तारै दर्शकको साथ मिल्दै जानको उनको विश्वास छ ।

यसमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा रहेको छ ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

कमेन्ट गर्नुहोस्