चिसियो फिल्मको व्यापार, हलमा छैनन् दर्शक

फिल्म । गत शुक्रबारदेखि नेपाली फिल्म ‘कार्साङ’ प्रदर्शनरत छ । एकल रुपमा प्रदर्शनमा आएता पनि यसलाई हेर्न दर्शक हलसम्म आइपुगेनन् । अर्थात् फिल्मले पहिलो विकेन्ड नै निकै कम्जोर व्यापार गरेको छ । आयोजित प्रिमियर र हलमा हेरेका न्यून दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया नआएपछि यो फिल्मले आउँदा दिनमा दर्शकको साथ पाउने आश निकै न्यून छ ।

अग्रिम बुकिङ गर्ने र टिकेट खरिद गर्ने सुविधा हलले दिएता पनि दर्शकको आकर्षण नदेखिएको फिल्मले राम्रो प्रतिक्रिया नपाएपछि दर्शक हलममा पुगेनन् । फलत: व्यापार निकै कम्जोर देखिएको छ । यस फिल्मको व्यापारले ट्रेलर युट्युबको ट्रेन्डिङमा आउनुले दर्शकलाई हलसम्म ल्याउन न्यून भूमिका खेल्ने प्रस्ट्याएको छ ।

नेपालको युट्युब मुभी सेक्सनमा ट्रेन्डिङमा रहेको ‘बबी जोन’ फिल्म फ्लप भयो । यस्तै, अवस्था देखिएको छ ‘कार्साङ’ र एसशङ्करको निर्देशनमा तयार भएको फिल्म ‘गेम चेन्जर’ को पनि । किनकि दुवै फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै युट्युब ट्रेन्डिङ देखिएता पनि व्यापार भने चिसीएको छ ।

यसले ट्रेन्डिङमा आउनु चासोको विषय रहेता पनि लोकप्रियता नहुने प्रस्ट्याएको छ । नेपालमै ट्रेन्डिङमा लामो समय रहेता पनि फिल्मको व्यापार निकै न्यून छ। यसकारण पनि ट्रेन्डिङमा पर्नुले व्यापारलाई बढाउनेमा पूर्ण सहमत हुने अवस्था रहेको छैन । पछिल्लो समय ग्लोबल ट्रेन्डिङमा रहेको गीत ‘रुकुमै कोट’ समावेश रहेको फिल्म ‘खुस्मा’ ले पनि उत्साहजनक व्यापार गर्न सकेको थिएन् । विश्वभर गीत लोकप्रिय हुँदा यो फिल्म डायस्पोरामा निकै कम प्रदर्शन भएको थियो ।

कमेन्ट गर्नुहोस्