कमब्याकका लागि ‘पहाड’ रोजे घिमिरेले

फिल्म । अग्रज निर्देशक तुलसी घिमिरे नयाँ फिल्म ‘पहाड’ को प्रि-प्रोडक्सनमा व्यस्त छन् । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले यसपटक सबै पक्षलाई बलियो बनाएर फिल्मको तयारी गरिरहेका छन् । माघदेखि छायांकन गर्ने तयारीमा रहेका निर्देशक घिमिरेले आफ्नो पुरानो समूहलाई फिल्ममा ल्याउदैछन् ।

फिल्ममा रञ्‍जित गजमेरको सङ्गीत रहेको छ भने यसमा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा जस्ता ‘लिजेन्ड’ को सहकार्य गरेका छन् । यसकारण पनि फिल्मलाई लिएर दर्शक प्रति उत्साह बढेको छ । फिल्ममा विपिन कार्की अभिनेताको रुपमा जोडिएका छन् । अन्य कलाकार र प्राविधिकलाई फिल्मको मुहुर्तमै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष छ ।

कमेन्ट गर्नुहोस्