फिल्म । अभिनेत्री शिल्पा पोखरेलको डेब्यु भोजपुरी फिल्म ‘जय शम्भु’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा शिल्पाको जोडी भोजपुरी स्टार प्रदीप पाण्डे चिन्टुसँग बाँधिएको छ । उनको एक्सन अवतारलाई ट्रेलरमा हाइलाइट्स गरिएको छ । फिल्ममा प्रदीपको प्रेमिकाको रुपमा शिल्पालाई देख्न सकिन्छ । तर, सार्वजनिक ट्रेलरमा शिल्पाको भूमिका सस्पेन्स राखिएको छ । निर्माण पक्षले शिल्पाको संवाद विहिन केहि झलक मात्र प्रस्तुत गरेको छ ।
गत वर्ष रिलिज भएको ‘भिलेन’ पश्चात शिल्पा सिल्भर स्क्रिनमा देखिएकी छैनन् । शिल्पा पछिल्लो समय भने आफ्नो कलाकारितालाई भोजपुरीमा स्थापित गर्ने तयारीमा छिन् । यसैले गर्दा उनि केहि समय यता मुम्बईमा रहेर संघर्ष गरिरहेकी छिन् ।
कमेन्ट गर्नुहोस्