फिल्म । कमेडी विधामा तयार भएको फिल्म ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पुस दोस्रो साताबाट फ्लोरमा जाने फिल्मको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । यसको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै तयार गरेका हुन् ।
लंका फिल्म प्रालीको व्यानरमा निर्माण हुने फिल्ममा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुा गुरुङ, निमा लामा, रसिला कार्की लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यसको लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए ।
रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेको फिल्ममा रंग पत्रकार सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्धन्द्व निर्देशन, निर्देशक आरएल लामाको शब्द तथा संगीत, युवराज कँडेल र अन्नु चौधरीको स्वर रहनेछ ।
कमेन्ट गर्नुहोस्