फूलपातीमा थपियो ‘१२ गाउँ’

फिल्म । पछिल्लो समय नेपालमा प्राय सामाजिक र हास्य विधामा आधारित रहेर तयार गरिएको फिल्म प्रदर्शन भइरहेका छन् । यही सन्दर्भलाई मध्यनजर गर्दै विराज भट्टले एक्सनलाई प्राथमिकता दिएर फिल्म तयार गरेका छन् । आफ्नो छोरा समीर भट्टलाई डेब्यु गराउँदै उनले तयार गरेको ‘१२ गाउँ’ दसैँ लक्षित गर्दै फूलपाती अर्थात् असोज २४ मा प्रदर्शन हुने भएको छ ।

भारतीय द्वन्द्व निर्देशक सिल्भालाई लिएर विराजले फिल्मको द्वन्द्व तयार गरेका छन् । यही कारण पनि फिल्म प्रतिक्षित छ । सिक्स प्याक बडीसहित पेस्तोलमा देखिएको समीरको बडी लुक्सले फिल्म फुल एक्सनमा आउने संकेत गरेको छ । कालो पाइन्ट लगाएका समीरको शरीरको माथिल्लो भाग आकर्षक बडी देखाउन लुगा लगाइएको छैन ।

अभिनेता भट्टले नेपाली फिल्ममा अन्तर्राष्ट्रियस्तरको मेकिङ दिने प्रयत्न गरेको बताएका छन् । उनले भने,‘मैले यसमा द्वन्द्वमा नवीनतम प्रयोग गरेको छु । मेरो प्रयाससँगै छोरा समीरको उत्तिकै मेहनत छ । उनले आफूलाई तयार गर्न तपस्या झैँ कटिबद्ध भएर साधना गरेका छन् ।’

यसबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । यसमा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट सिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । महेश पौडेल छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ ।

कमेन्ट गर्नुहोस्