‘नमेटिने घाउ’ मा सांसद शाहीले गरे स्वरांकन

फिल्म । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको फिल्म ‘नमेटिने घाउ’ मा सांसद ज्ञानेन्द्र शाहीले स्वरांकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका राजनीतिज्ञको समेत अभिनय रहेको फिल्मको स्वरांकनको काम धमाधम भइरहेको छ ।

सांसद शाहीले फिल्ममा काम गर्दा आफूलाई छुटै अनुभव भएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । ‘यो नौलो अनुभव भयो । निर्माण टिमको आग्रहमा फिल्ममा अभिनय गरें’, उनले उल्लेख गरेका छन् ।

एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ । फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्