बागी ३ : टाइगरको जोडी को ?

फिल्म । टाइगर श्राफको फ्यानका लागि बागी सिरिज निकै महत्वपूर्ण छ । किनकी टाइगरले यसै सिरिज मार्फत आफ्नो स्टारडम बढाउँन सफल भएका थिए । यिनै टाइगरले पछिल्लो समय सफलताको रफ्तार समातीसकेका छन् । यसैले गर्दा यिनको हरेक गतिविधि न्युज र गसिप बन्ने गर्छन । यिनै टाइगरको बागीको तेस्रो सिरिजलाई दर्शकले आउने वर्ष हेर्न पाउनेछन् । फिल्मको थर्ड सेरिज आउने चर्चासंगै टाइगरसंग फिल्ममा को देखिने हो ? भन्ने चर्चा पनि चलिरहेको छ । विभिन्न एक्ट्रेसको नाम आइरहेको छ ।

जसमध्य सारा अलि खान र दोस्रो सिरिजमा देखिएकी दिशा पटानीको नाम पनि चर्चामै थियो । तर अब फिल्मको लागि निर्देशक अहमद खानले श्रद्धा कपूरलाई एग्रीमेन्ट गरेका छन् । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने फिल्ममा श्रद्धा पक्का भएकी छिन । बागीको फस्ट सिरिजमा देखिएकी श्रद्धाको केमेष्ट्री टाइगरसँग फिट देखिएको निष्कर्षमा निर्माण युनिट पुगेका छन् । यससँगै फिल्मलाई कुरीरहेका फ्यान पनि निकै उत्साहित भएका छन् ।

कमेन्ट गर्नुहोस्