साहित्य । कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल’ को दोस्रो सिजनको उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिवार बेलुकी भएको अन्तिम प्रतिष्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले उपाधि जित्न सफल भए ।
‘द पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिएँ । अमनप्रताप अधिकारीको निर्देशनमा तयार भएको यो कार्यक्रम कविताजगतको उत्थान र विकासका लागि रहेको बताईएको छ ।
कमेन्ट गर्नुहोस्












