होली विशेष कार्यक्रममा केकी र धिरज

सङ्गीत । जुम ब्यूटी एकेडेमीले काठमाडौँको बौद्धमा आयोजना गरेको होली विशेष कार्यक्रममा गायक धिरज राई र अभिनेत्री केकी अधिकारीले होली खेलेका छन् । उनीहरूले उपस्थित दर्शकलाई आफ्नो कला कौशलताले मनोरन्जन दिलाएका थिए । जाँदै छु टाढा, सोल ढोले सोल, लुकी लुकी, जाउ जाउ समाउ, हिमाल नझुकेसम्म जस्ता गीतहरुमार्फत गायक राईले उपस्थितलाई नचाएका थिए ।

कार्यक्रममा नायिका अधिकारीले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् भने जुम ब्यूटी एकेडेमीका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले कार्यक्रममा सहभागी सबैलाई विशेष धन्यवाद दिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्