दर्शकको माया बटुल्दै ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’

फिल्म । नेपाली फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकै कारण फिल्मको प्रदर्शन लम्बिएको हो । विशेष गरी, प्रदर्शन अगावैबाट उच्च ‘हाइप’ मिलेको यस फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन् । कतिले फिल्म बुलन्द भनेका छन् भने, कतिले मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएका छन् । यही कारण हलमा दर्शक पनि बढिरहेका छन् ।

नेपालसँगै ओभरसिज बजारमा समेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । यो फिल्मले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा लगायतका अन्य देशहरूमा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ ।

दर्शकले ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एक खालको चासोको विषय बनाइदिएको पाइन्छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ ले युवापुस्तालाई हलमा तानेको देखिन्छ । डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्