बलिउड । भारतीय फिल्म ‘फाइटर’को ट्रेलर सार्वजनिक भएसँगै हलिउड फिल्म ‘टप गन’ सँग प्रभावित भएको प्रतिक्रिया दर्शकले दिएका छन् । फिल्मको इन्टरनेटको माध्यमले सार्वजनिक गरिएको ट्रेलर हेरेपछि दर्शकले यस्तो प्रतिक्रिया दिएका हुन् । कम्जोर भिएफएक्स र यसअगाडि पनि देखिसकिएको विषयवस्तु भएकाले यो फिल्म ऋतिक रोशन र दीपिका पादुकोणकै स्टारडमको आधारमा चल्नु पर्ने बाध्यता छ ।
भारतको पहिलो एरियल-एक्सन भनिएको फिल्ममा प्राय दृश्य भिएफएक्सको मदतले तयार गरिएको छ । टम क्रुज अभिनित फिल्म ‘टप गन’ सन् १९८६ मै रिलिज भएको थियो । यसको दोस्रो भाग ‘टप गन : म्याभेरिक’ सन् २०२२ मा प्रदर्शन भयो । जहाँ अभिनेता टम क्रुजले वास्तविक एक्सन गरेका छन् । यसकारण पनि उक्त फिल्म विश्वभर प्रतिक्षित थियो । यद्यपि यहाँ दीपिका र ऋतिकले प्रयाप्त भिएफएक्सको सहारा लिएकोले दर्शक सोही कारणले फिल्म हेर्न उत्साहित नरहेको प्रतिक्रिया देखिएको हो । प्रविधिमा कम्जोर देखिएपछि फिल्मलाई चर्चामा ल्याउन राष्ट्रियताको सहारा लिईएको छ ।
सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्ममा अनिल कपूर, करण सिंह ग्रोवर लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।










