फागुन २५ मा ‘उपहार’

फिल्म । अभिनेत्री रेखा थापाले चार वर्षपछि अभिनय गरेको ‘उपहार’ ले पहिलो गीत सार्वजनिक गर्दै फागुन २५ लाई प्रदर्शन मिति तय गरेको छ । यसअगाडि २०८१ सालको वैशाख १ र यसैवर्षको माघ २६ मा प्रदर्शन गर्ने घोषणा गरिएता पनि निर्माण टिमले नयाँ मिति रोजेका हुन् । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले आफ्नो टिममार्फत आधिकारिक रुपमा फागुन २५ नै घोषणा गरिएको बताए ।

उनले भने,‘हामीले आधिकारिक कार्यक्रम गरेर नै घोषणा गरेकोले यही डेट नै पहिलो हो । अगाडि भएको सल्लाहले हल्ला भयो होला ।’ फिल्ममा रेखासँगै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की, तेज गिरी लगायतको अभिनय रहेको छ ।

सुलक्षण भारतीको कथा तथा भारती, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको सिनेमाले एउटै अपार्टमेन्टमा सँगै बस्ने तीन नारीहरुको कथा पेस गर्छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमालाई बिष्णु कल्पितले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ ।

सुलभ प्रतिक देउना र समीक्षा देउजा निनर्माता रहेको सिनेमाका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सिनेमालाई बिष्णु कल्पितले खिचेका हुन् । करण श्रेष्ठको रिच इनटरटेनमेन्टले काठमाडौं र एफडी कम्पनीले मोफसलमा वितरण गर्ने छन्

कमेन्ट गर्नुहोस्