काठमाडौँमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३’

फिल्म । काठमाडौँमा शनिवारदेखि ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ को एघारौँ संस्करण सुरु गरिएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले फेस्टिभलको ‘बुकलेट’ सार्वजनिक गर्दै यसको उद्घाटन गरेका छन् । महोत्सवमा १० अफ्रिकी र १२ नेपाली सहित २२ फिल्म सहभागी छन् ।

फेस्टिभलमा अफ्रिकाको ३ वटा वृत्तचित्र, एक फिचर फिल्म र ६ सर्ट फिल्म रहेका छन् । १० वटा अफ्रिकी चलचित्र मध्य फिचर फिल्मतर्फ मोजाम्बियाको फिचर फिल्म ‘ट्रेन अफ द साल्ट एन्ड सुगर’ छानिएको छ । यस्तै सर्ट फिल्म र्फ रुवान्डा र स्विजरल्यान्डको ‘आई गट आई थिङ एन्ड लेफ्ट’, इजिप्टको सर्ट फिल्म ‘द बिल्डर’, साउथ अफ्रिकाको सर्ट फिल्म ‘ह्याङ म्यान’, फ्रान्सको सर्ट फिल्म ‘शान्ता क्लज डार्क साईड’, घानाको सर्ट फिल्म ‘या’, केन्या र जर्मनको सर्ट फिल्म ‘वाटु वाटो’ छानिएको छ । यहाँ वृतचित्र अन्तर्गत जिम्मावेको ‘कलिङ द डेड’, युगान्डाको ‘समबडी क्लाप फर मी’ र केन्याको ‘थ्याँक्यु फर द रेन’ रहेका छ ।

फेस्टिभलमा नेपालबाट चार फिचर फिल्म, तीन सर्ट फिल्म, तीन स्टुडेन्ट फिल्म र दुई वृतचित्र प्रदर्शनका लागि छानिएका छन् । फिचर फिल्ममा दिनेश राउत निर्देशित ‘प्रकाश’, परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’, शम्भु थापा निर्देशित ‘हुक्का’ र रोशन कुमार श्रेष्ठ निर्देशित ‘भाग्य’ रहेका छन् । सर्ट फिल्ममा डब्बु क्षत्री निर्देशित ‘परिवर्तन’, सुमन दाहाल निर्देशित ‘परिवार’, प्रधुम्न मिश्र निर्देशित ‘दुविधा’ रहेका छन् । महोत्सव असार २५ गतेसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्