स्पन्दन बने विजेता

सङ्गीत । ‘भ्वाइस किड्स २’ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई हराउँदै विजेता बन्न सफल भए । कोच प्रमोद खरेलको समुहबाट विजयी सुब्बाले उपाधिसँगै नगद राशी १५ लाख रुपैयाँ प्राप्त गरे ।

उपाधिका लागि चार जना कोचबाट दुई–दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । समुह खरेलबाट सुब्बासँगै रिजन डाँगी, समुह प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन, समुह मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा समुह सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला अन्तिम प्रतिस्पर्धामा थिए ।

कमेन्ट गर्नुहोस्