बोर्डमा एक र सेन्सरमा तीन सदस्य मनोनीत

फिल्म। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र जाँच समितिको रिक्त तीन सदस्यमा निर्देशक ऋषिराज आचार्य, भूपेन्द्र खड्का र गायिका सरल पुन मगरलाई मनोनीत गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई दुई वर्ष कार्यकालको लागि मनोनयन गरिएको हो। खड्का र आचार्य फिल्म निर्देशनमा सक्रिय छन् भने गायिका पुन अखिल नेपाल जनसांस्कृतिक महासंघको सचिवालय सदस्य र पूर्वी रुकुम निवासी हुन् ।

‘सेन्सरमा देखिएको समस्यालाई न्यूनीकरण गर्न कुनै कसर बाँकी राख्दिन। पाएको जिम्मेवारीलाई पूर्ण रूपमा पुरा गर्छु’, निर्देशक आचार्यले भने,’विशेषत सेन्सरको समयमा फिल्मको दृश्यलाई लिएर हुने काट्छाटमा देखिने समस्यालाई सुल्झाउने छु।’ यस्तै, चलचित्र विकास बोर्डमा रिक्त रहेको एक सदस्य पदमा निर्देशक राजु केसी मनोनित भएका छन्। उनले सोमबार मनोनय पत्र लिईसकेका छन्। उनको कार्यकाल पनि दुई वर्षकै रहनेछ।

कमेन्ट गर्नुहोस्