फिल्म। गत चैत २ गतेदेखि काठमाडौंमा जारी रहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौँ संस्करण सम्पन्न भएको छ। समापन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन विकासका लागि फिल्मको योगदान महत्वपूर्ण हुने बताए । ‘फिल्ममार्फत हामीले पर्यटनमा टेवा पुर्याउन सक्छौँ। फिल्मकर्मीलाई हामी सहयोग गर्छौं। तपाइँहरूले पनि सोच बनाउनुस्’, मन्त्री किरातीले भन्नुभयो,’फिल्मलाई नरम कुटनीतिको रुपमा बुझेको छ। यसले सांस्कृतिक, भौगोलिक, भाषिक लगायतको प्रभाव सहजै पार्न सक्छ।’।
महोत्सवमा नेपाली फिल्मतर्फ ‘प्रकाश’बाट प्रदीप खड्का सर्वश्रेष्ठ अभिनेता र दीया मास्के सर्वश्रेष्ठ अभिनेत्री घोषित भए । उत्कृष्ट अभिनेता घोषित भएपछि ट्रफी उचाल्दै अभिनेता खड्काले एक्टरको रुपमा पहिलोपटक अवार्ड जित्दा खुशि मिलेको प्रतिक्रिया दिए । महोत्सवमा ‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म घोषित भयो । ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गरेको महोत्सवमा १४ वटा अवार्ड वितरण भए । महोत्सवमा प्यानल छलफलदेखि मास्टरक्लास संचालन भएका थिए । पाँचदिनसम्म चलेको निफमा ९ सेसन र तीन मास्टरक्लास भएका थिए ।
महोत्सवका अध्यक्ष केपी पाठकले नेपाल सरकारको सहयोग रहे सातै प्रदेशमा एकसाथ महोत्सव गर्ने योजना रहेको बताए। ‘हामीले नेपाली र विदेशी फिल्मकर्मीलै एकसाथ फिल्ममा लगानी गर्ने वातावरण, नेपाली कथा सुन्ने वातावरण, नेपाल बुझ्ने वातावरण बनाउने उदेश्य महोत्सवको सुरूवात गरेका हौँ’,अध्यक्ष पाठकले भने।
मन्त्री किरातीलाई नेपालबाट बाहिरिने विमानमा नेपाली चलचित्र राख्ने वातावरण बनाउन समेत आग्रह गर्नुभयो। यसो भएमा नेपाली चलचित्र निर्माता लाभान्वित हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अध्यक्ष पाठकले बताउनुभयो। पाँच दिन चलेको महोत्सवमा पैतिस देशको ९५ प्रतियोगी चलचित्रले तेह्र विधामा अवार्ड जितेका छन् । समापन समारोहमा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ निर्देशक प्रकाश सायमी, अभिनेता प्रदिप खड्का, निर्देशक ज्ञानेन्द्र देउजा र नवल नेपाल लगायत उपस्थित हुनुहुन्थ्यो।
विजेताको सूची
अन्तर्राष्ट्रिय फिचर फिल्म – अ हाउस विथ नो नेम : पातालघर (बंगलादेश) छायाङ्कन – राजेश श्रेष्ठ (प्रकाश) पटकथा – सुजित बिडारी (ऐना झ्यालको पुतली) अभिनेता – प्रदीप खड्का (प्रकाश) अभिनेत्री – दीया मास्के (प्रकाश) निर्देशक – सुजित बिडारी (ऐना झ्यालको पुतली) निर्देशक छोटो चलचित्र– प्रद्युमन मिश्र (दुविधा) छोटो नेपाली चलचित्र – जुन्को (मिन्सो लिम्बु) छोटो अन्तर्राष्ट्रिय चलचित्र – द बुक (इरान) छोटो एनिमेटेड चलचित्र – द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया) राष्ट्रिय वृत्तचित्र – द टाइगर्स ज (निर्देशक – कमल कुमार) अन्तर्राष्ट्रिय वृत्तचित्र – सोल्स अफ द फरेस्ट (इन्डोनेसिया) नेपाली चलचित्र – ऐना झ्यालको पुतली अन्तर्राष्ट्रिय चलचित्र –मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)
तस्वीर सौजन्य : सुरेन्द्र थापा / सुर सिनेमा










