फिल्म । आउँदो असोजमा प्रदर्शन हुने फिल्म ‘प्रेम गीत ३’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘मायाको गाउँ’ मा सरोज पोखरेलले संगीत प्रताप दासको स्वर र विष्णु भण्डारीको शब्द रचना छ । हिमालपारिको जिल्ला मुस्ताङमा जाडोयाममा खिचिएको फिल्मको यो गीतमा हिमपातको आकर्षक दृश्य प्रदीप खड्का र क्रिस्टिना गुरुङलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।
आशुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका छन् । फिल्म असोज ७ गते दसैँको छेकोमा प्रदर्शन हुँदैछ । फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएपछि चर्चामा छ । फिल्म नेपालमा दुवै भाषामा प्रदर्शनमा आउने छ ।
कमेन्ट गर्नुहोस्










